‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा प्रतियोगीले गीत गाउँदा प्रयोग भएको भाकाको रोयल्टी मूल स्रष्टालाई दिइने भएको छ । प्रतियोगितामा सहभागी समूहले प्रयोग गर्ने भाकाको रोयल्टी ‘संगीत रोयल्टी संकलन समाज’ मार्फत मूल स्रष्टालाई वितरण गरिने आयोजकले जनाएको छ ।