संयुक्त विद्यार्थी संगठन सिलिण्डर बोकेर प्रदर्शनमा, मूल्यवृद्धि फिर्ता लिन चेतावनी (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय गठबन्धनका विद्यार्थी संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सिलिण्डरसहित प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुलगायत विभिन्न विद्यार्थी संगठनले आज संयुक्त रुपमा आन्दोलन गरेका हुन् । उनीहरुले बोकेको सिलिण्डरमा ‘मलाई किन यति मूल्य […]

सम्बन्धित सामग्री

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध खाली सिलिन्डर र थाल प्रदर्शन (तस्बिर)

काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आइतबार खाली ग्यास सिलिन्डर र थाल प्रदर्शन गरेका छन्। सत्तासीन दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी संगठनलगायतको संयुक्त विद्यार्थी संगठन राजधानीको प्रदर्शनीमार्गमा खाली सिलिन्डर र थालसहित विरोध प्रदर्शनमा उत्रिएको हो। ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग […]