‘जग्गा बेचेर सकियो, नि:शुल्क पढ्ने वातावरण मिलाइदेऊ सरकार’

काठमाडौं : आइतबार त्रिभुवन विश्वविद्यालय परिसरमा कोही विद्यार्थीको हातमा 'विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, व्यापारको थलो होइन' भन्ने प्लाकार्ड थियो त कुनैको छातीमा टाँसिएको थियो, ‘त्रिविमा एमफिल, पीएचडी नियमित र नि:शुल्क गर।’संयुक्त विद्यार्थी संगठन र एमफिलका विद्यार्थीले प्लेकार्ड बोक्दै विरोध प्रदर्शन गर्नुको कारण थियो- त्रिविले एमफिलको शुल्क बढाउनु। त्रिविले शिक्षामा व्यापार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिए। त्रिवि कार्यालयबाट नारा लगाउँदै उपकुल