नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ । एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । द