गजुर राखिएपछि यस्तो देखियो धरहरा (हेर्नुहोस् ड्रोन भिडिओ)

गजुरसँगै २२ औँ तलामा शिवलिंग पनि प्रतिस्थापन गरिएको छ। पुरानै शिवलिंगलाई प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बुधबार बिहान ८ बजेको साइतमा विशेष पूजा गरेर प्रतिस्थापन गरेका हुन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई पुनर्निमित धरहरा उद्घाटन गर्न हतार भएपछि...

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ

सकिएकै छैन धरहराको ४० प्रतिशत काम

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको प

६ वर्षपछि उभियो धरहरा

काठमाडौं (अस) । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भुइँचालोले ढलेको काठमाडौंको धरहरामा त्यसैको प्रतिरूप ६ वर्षपछि उभिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको हो । चीनको जीआईईटीसी र नेपालको रमन कन्ट्रक्सनले रू. ३ अर्ब ४८ करोड लागतमा धरहरा स्तम्भ निर्माण गरेका हुन् । पुरानो कर्मचारी सञ्चय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर ४२ रोपनीमा लिफ्टसहितको नयाँ धरहरा बनेको छ । धरहरा बनाउँदा नेपाली निर्माण सामग्री सिमेन्ट र छडहरू प्रयोग गरिएको छ । यसमा सर्वाेत्तम सिमेन्टलगायतका कम्पनीको सामग्री प्रयोग भएको छ । यहाँ संग्रहालय र पार्किङ सुविधासमेत समेटिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । ढलेको धरहराको ठुटोलाई स्मारकका रूपमा राखिएको छ । सम्पदाविद्हरूले यसलाई पुनर्निर्माण नभई नयाँ धरहरा भएको बताएका छन् । तर, सरकारले भने पुनर्निर्माण भएको बताउँदै आएको छ । धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्त्वको संरचना पुनर्निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘२०७२ फागुन ४ गते म बनाउँछु धरहरा अभियान चलाएको थिएँ, आज यो बन्दा सबैलाई खुशी लागेको छ ।’ प्रधानमन्त्री ओलीले धरहरालाई पेरिसको इफेल टावरसँग दाँज्दै धरहरा काठमाडौं र नेपालको परिचयका रूपमा विश्वमा चिनिने दाबी गर्नुुभयो । उहाँले उक्त कार्यक्रममा धरहरा भत्किँदा मृत्यु भएका ६० परिवारबाट एक/एक सदस्यलाई धरहरामा रोजगारी दिने बताउनुभयो । उहाँले काठमाडौंलाई भिखारीमुक्त शहर बनाउनेसमेत दोहोर्‍याउनुभयो । दोस्रोपटक प्रधानमन्त्री हुनुभएका ओलीले विभिन्न समयमा काठमाडौंलाई भिखारीमुक्त शहर बनाउने बताउँदै आउनुभएको छ । हाल धरहराको स्तम्भ मात्र तयार भएकोमा धरहरा क्षेत्रमा बनाउने भनिएको पार्क, संग्रहालय र बगैंचालगायतको संरचना भने पुसयता तयार नहुने प्राधिकरणले बताएको छ । प्राधिकरणका सूचना अधिकारी मनोहर अधिकारीले पुससम्ममा धरहरा क्षेत्रको सबै संरचना बनिसक्ने जानकारी दिए । उनका अनुसार यो पूर्णरूपमा तयार भइनसकेकाले सर्वसाधारणले तत्काल अवलोकन गर्न पाउने छैनन् । भुइँचालोले भत्काएको अढाइ वर्षपछि २०७४ कात्तिक अन्तिम साताको मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । पुरानै प्रविधिमा धरहरा बनाउने वा ठुटो बाँकी राखेर नयाँ बनाउने भन्नेमा विवाद भए पनि प्राधिकरणले नयाँ धरहरा बनाउन ठेक्का दिएको थियो । २०७५ असोजमा २ वर्षको समायावधिसहित रमन कन्स्ट्रक्शनलाई धरहरा पुनर्निर्माणको ठेक्का दिएको थियो । रमनले कोरोनाका कारण २०७६ चैतदेखि भएको बन्दाबन्दीका कारण काम गर्न नपाएको भन्दै ६ महीना थप समय माग गरेको थियो । थपिएको समयमा धरहराको स्तम्भ बनेपछि अन्य काम बाँकी रहँदै धरहराको उद्घाटन गरिएको हो । उद्घाटनकै लागि चैत अन्तिम सातायता सामान्यभन्दा बढी मजदूर खटाएर शुक्रवार रातिसम्म स्तम्भको काम गरिएको हो । धरहरा बनाउँदा नेपाली निर्माण सामग्री सिमेन्ट र छडहरू प्रयोग गरिएको छ । नेपाली निर्माण सामग्री प्रयोग गरी धरहराको पुनर्निर्माण गरिएकाले गौरवको आयोजनासहित यो नेपाली निर्माण व्यवसाय क्षेत्रका लागि पनि गरिमा भएको सर्वोत्तम सिमेन्टका प्रोजेक्ट हेड अभिषेक झाले बताए । उनले भने ‘यसले नेपाली निर्माण सामग्रीप्रति आम नागरिकमा भरोसा बढाउनुका साथै आगामी दिनमा अन्य परियोजनाका लागि पनि नेपाली निर्माण सामग्री पहिलो रोजाइका लागि वातावरण बनाएको छ ।’ विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनमा स्तम्भ बनाउन लगाएका थिए र यसको नाम भीमसेन स्तम्भ राखिएको थियो । विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आग्रहमा थापाले सुन्धारामा ११ तलाको धरहरा बनाउन लगाएको इतिहास छ । विसं ११९० माघ २ को महाभूकम्पमा धरहरा भत्किएको थियो । त्यसपछि जुद्ध शमशेरको पालामा ९ तले धरहरा बनाइएको थियो ।   ६ वर्षअघिको भूकम्पले धरहरा पुनः भत्किएपछि अहिले बनाइएको धरहरा बाहिरबाट हेर्दा ११ ओटा तला देखिने गरी भित्रबाट कुल २२ तला रहेको छ । धरहरा नवनिर्माण नभई पुनर्निर्माण हो राजुमान मानन्धर, विज्ञ, प्राधिकरण धरहरा नव–निर्माण नभई पुनर्निर्माण हो । यसलाई अन्यथा लिनु हुँदैन । अहिले निर्माण भएको धरहरामा केही आधुनिक प्रविधि राखिएको र अपनाइएको भए पनि मौलिकता, धरहरा भएको स्थानमा बनाइएको मात्रै हो । अझ अर्काे कुरा नेपाल भूकम्पको उच्च जोखिममा भइरहेकाले यसलाई भूकम्पप्रतिरोधी, अपांगमैत्री, बुढाबुढीहरू पनि धरहरा चढ्न सकून् भनेर अहिले यसमा दुईओटा लिफ्ट मात्रै राखिएको छ । कालन्तरमा समयानुकूल संरचना विकास गरिएको मात्रै हो, यसको पहिचाहन मासिएको छैन । मौलिकतामा धेरै खलल नपुगोस् भनेर धरहराको झ्याल, रंग, गजुर पनि पुरानै प्रयोग गरिएको छ, यद्यपि त्यसमा केही सुन थपिएको भने छ ।

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार ग...

भोलि उद्घाटन हुने धरहराकाे काम अन्तिम चरणमा

काठमाण्डाै - भोलि उद्घाटन गरिने ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ । आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको रा...

यस्तो बन्यो नयाँ धरहरा, ८ तस्बिरमा हेरौं

काठमाडौं । नयाँ धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ गजुरको पूजा गरेका छन् ।  धरहराको २१ तलामा पूजा गरेर  टुप्पामा गजुर राखिएको छ ।  ३३० किलोको उक्त गजुर तामाले बनेको हो भने त्यसमा सुनको जलप लगाइएको छ ।यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तस्बिर: रासस

धरहराको २२औं तलामा शिवलिङ्ग र गजुर

काठमाडौं, ८ वैशाख । धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । आज धरहराको २२ औं तलामा शिवलिङ्ग र गजुर राखिएको छ । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको जानकारी दिएका छन् । उनले २२औं तलामा शिवलिङ्ग पनि राखिएको बताए । शिवलिङ्ग पनि पुरानै […]

यस्तो बन्यो धरहरा (फोटोफिचर)

धरहराको टुप्पोमा गजुर पनि हालिइसकेको छ । यद्यपी अरु थुप्रै संरचना निर्माणाधीन छन् । प्रधानमन्त्री केपी ओलीले यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ

गजुर राखेपछि यस्तो देखियो २२ तले धरहरा (तस्बिरहरू)

लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुरलाई मर्मत गरी बाहिर सुनको जलप लगाएर  धरहराको टुप्पोमा राखिएको हो ।

सकिन लाग्यो २२ तले धरहरा, गजुर पनि राखिने

काठमाडौं । विनाशकारी ‘गोरखा भूकम्प’ले ढलाएको धरहरा नयाँ स्वरूपमा निर्माण भइरहेको छ । धरहरा निर्माणको १९औं