११ वैशाख, काठमाडौं । पुनर्निर्मित धरहरा उद्घाटन भएको २ वर्ष पुरा भएको छ । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । तर, धरहरा टावर निर्माणकै काम सकिएको छैन । रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेल टावरतर्फको ९८ प्रतिशत काम सकिएको बताउँछन् । ‘टावरतर्फको बेसमेन्टमा पसलहरु निर्माणको काम […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे।
सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान
हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा…
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् । उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा उद्घाटन गर्दै छन् ।बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् । धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पा
काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।
बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले हतार–हतार उद्घाटन गरे पनि सर्वसाधारणले भने अझै केही समय धरहरामा चढ्न पाउने छैनन् ।धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन । साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पाउन बाँकी रहेता पनि २०७२ साल बैशाख १२ गते