काठमाण्डाै - भोलि उद्घाटन गरिने ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ ।
ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ ।
आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ ।
गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको रा...