विश्व राजनीतिमा डिसेम्बर २५ महत्त्वपूर्ण दिन हो । तीस वर्षअघि सन् १९९१ डिसेम्बर २५ मा सोभियत संघ पतन भएको थियो ।
तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभले त्यसदिन पदबाट राजीनामा दिँदै सोभियत संघ विघटन भएको जानकारी दिएका थिए ।
त्यसैदिन हँसिया र हतौडा चित्रित सोभियत झण्डा झारेर तीनवटा रंग भएको रुसी झण्डा फहर्याइएको थियो । त्यसको भोलिपल्ट डिसेम्बर २६ मा सोभियत संघको औपचारिक विघटन गरिएको हो ।
दोस्रो विश्वयुद्ध सकिएपछि ४० वर्षसम्म अमेरिका र सोभियत संघबीच शीतयुद्ध चलेको थियो । सोभियतहरूलाई असफल ...