पछिल्लो घटनाक्रमलाई नियाल्दा भारत रुससँग नजिकिएको अनि अमेरिकासँग टाढिन थालेको देखिएको छ ।
भातको परराष्ट्रनीतिमा पहिले सोभियत संघलाई निकै महत्त्व दिने गरिन्थ्यो । सोभियत संघ छिन्नभिन्न भएपछि रुससँग पनि भारतको सुमधुर सम्बन्ध कायम रह्यो ।
शीतयुद्धको समयमा संसार सोभियत संघ र अमेरिका नेतृत्वको खेमामा बाँडिदा भारत असंलग्न राष्ट्र भए पनि वैचारिक रूपमा सोभियत नजिक थियो ।
हालैका दिनमा रुस र भारतको सम्बन्ध थप न्यानो बनेको छ । विज्ञहरूका अनुसार, यस न्यानोपनसँगै मोदी सरकारले अमेरिकालाई उपेक्षा गर्न थालेको छ । ...