बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि सुरु हुने ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट एरो थाईको जहाज बिहीबार साँझ विमानस्थलमा आइपुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ। विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि शुक्रबारदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको बताए। …