बुटवलः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ।
क्यालिब्रेसन फ्लाइटको लागि बिहीबार आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) १७ सिटे सानो जहाजले शुक्रबार दिउँसोदेखि परीक्षण उडान थालेको हो। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डदेखि नै ७ सदस्यीय प्राविधिक टोली आएको छ।…