हालसम्म दुई करोड ७७ लाख ६ हजार नेपाली ‘ब्रोडब्यान्ड’ इन्टरनेटको पहुँचमा, ९६.३१% काम सकियो

माघ ५, काठमाडौं । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन् । हालसम्म टेलिफोन सेवाको घनत्व १३ दशमलव ७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१ दशमलव ५५ प्रतिशत पुगेको जानकारी दिइएको छ ।  प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन (ब्रोडब्यान्ड कनेक्टिभिटी) को हालसम्म ६७९ स्थानीय तह, पाँच हजार ५५४ वडा कार्यालय, पाँच हजार ३२ विद्यालय र चार हजार २७ स्वास्थ्य चौकी गरी १५ हजार ३९३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।  उनका अनुसार सबै स्थानीय तह, वडा कार्यालय, विद्यालय र स्वास्थ्यचौकीसम्म इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यअनुसार ९६ दशमलव ३१ प्रतिशत काम सम्पन्न भइसकेको छ ।  प्राकृतिक राष्ट्रिय सम्पत्तिका रुपमा रहेको फ्रिक्वेन्सीलाई पहिलोपटक आर्थिक वर्ष २०७६/७७ मा प्रतिस्पर्धाबाट एक हजार ८०० मेघाहर्ज ब्याडको फ्रिक्वेन्सी प्रदान गरिएको र त्यसको शुरुको मूल्यप्रति मेघाहर्ज तीन करोड भए पनि बोलकबोलबाट पाँच करोड ८० लाख प्रतिमेघाहर्ज पुर्‍याई राज्यको राजस्वमा ६३ प्रतिशतले वृद्धि भएको अध्यक्ष खनालको भनाइ छ । उनले भने, ‘दूरसञ्चार पूर्वाधार सहप्रयोग र सोको शुल्क निर्धारणसम्बन्धी विनियमावली, २०७८, लागू गर्नाका साथै सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी निर्देशिका, २०७५ अनुसार हालसम्म एक हजार ओटा सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको छ ।’ प्राधिकरणले नेपाललाई प्राप्त अप्टिकल स्टलको उपयोग गरी आफ्नो भू–उपग्रहको विकास गर्न तथा दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न भू–उपग्रह प्रक्षेपण गर्नका लागि भूउपग्रह नीतिसमेत तयार गरेको छ ।  सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फेरजी सेवालाई कभरेज र क्वालिटीका सर्त राखी २०२२ सम्ममा राज्यभर सेवा विस्तार गर्ने गरी सहरी क्षेत्रमा न्यूनतम २० एमविपिएस र ग्रामीण क्षेत्रमा १० एमविपिएस डाउनलोड स्पिड हुनुपर्ने सर्तमा फ्रिक्वेन्सी उपलब्ध गराएको अध्यक्ष खनालले जानकारी दिए ।  प्राधिकरणले हराएका तथा चोरी भएका मोबाइल सेटहरुको ट्र्याकिङ गर्नका लागि अनलाइन ट्र्याकिङ सिस्टम पनि प्रयोगमा ल्याएको छ । प्राधिकरणले लोकेसन ट्र्याकिङ सेवा खुल्ला गर्न दूरसञ्चार नियमावली, २०५४ को अनुसूचीमा थप गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।  चालू आर्थिक वर्षभित्रमा राज्यका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालयहरु, नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था आदिमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने प्राधिकरणको उद्देश्य छ । रासस

सम्बन्धित सामग्री

गुल्मीमा २९ करोड बढीको सुन्तला उत्पादन

४ फागुन, गुल्मी । गुल्मीमा यो बर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान […]

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता भर्ना गर्ने

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ । विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका ४ करोड ५० लाख बङ्गलादेशी बालबालिका घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको प्रतिवेदन सार्वजनिक गरेपछि बालबालिकाको सुरक्षा सम्बन्धी प्रतिबद्धता आएको हो । राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा गरेको कार्यक्रमको प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । बङ्गलादेशमा ३० लाखभन्दा धेरै बालबालिका बालश्रम गर्छन् । जसमध्ये १३ लाख बालबाल...

विराटनगर भन्सारबाट ४० करोड ७७ लाख रुपैयाँ राजश्व संकलन

कार्यालयले संकलित राजश्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख ६ हजार, मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तः शुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार राजश्व संकलन गरेको छ ।

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गर्नुभएको छ । ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ । नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका...

भारतमा ६ हजार ५ सयभन्दा बढी कोरोना सङ्क्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख  ४५  हजार  भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ

भारतमा थप ६ हजार ६५० जनालाई कोरोना सङ्क्रमण

भारतमा कोरोना भाइरसबाट थप ६ हजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।   तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् । ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ । सोही अवधिमा थप ३७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान ग

पोखरा महानगरको राजस्वमा ७ करोड ८१ लाख भन्दा बढी रकम गोलमाल

पोखरा : पोखरा महानगरपालिकाको राजस्व रकममा करिब ८ करोड रुपैयाँ गोलमाल देखिएको छ। राजस्व सङ्कलन खाता र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख ६ हजार १३२ रुपैयाँको फरक रहेको महालेखाले देखाएको छ। महालेखाको ०७६/७७ प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार…

लमजुङमा दुई करोड ३५ लाख राजश्व संकलन

काठमाडौं। सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट दुई करोड ३५ लाख ६ हजार ७७ रुपैयाँ राजश्व संकलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व संकलन भएको हो । सवारी साधन कर, रुट परमिट नविकरणलगायतका विभिन्न शिर्षकमा यो रकम संकलन भएको हो।

दुई करोड ३५ लाख राजश्व सङ्कलन

लमजुङ । सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो । उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व […]