भारतमा कोरोना भाइरसबाट थप ६ हजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् । ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ । सोही अवधिमा थप ३७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान ग