कोरोना संक्रमण केही मत्थर हुँदै जाँदा यहाँ भने स्क्रब टाइफस संक्रमित बढेका छन् । ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि जाँच गराउँदा आरुघाट गाउँपालिकामा पछिल्लो समय स्क्रब टाइफसका संक्रमित बढेका हुन् । दुई महिनायता २५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए ।