काठमाण्डाै - स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका छन् । काभ्रे लगायतका कतिपय जिल्लाका अस्पतालहरुमा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् ।
काभ्रेमा गएको १५ दिनमा स्क्रब टाइफसका कारण चार जनाको ज्यान गइसकेको छ । अहिले सरकार र सम्बन्धित निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएकोले काभ्रे लगायतका अरु जिल्लामा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढेका र यसले जटिलता निम्त्याउन सक्ने भएकाले सावधानी रहन जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक...