काठमाडौं : कोरोना भाइरसको जस्तै लक्षण भएर परीक्षणका लागि अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस संक्रमण देखिएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार गत आइतबार कोरोनाको जस्तै ज्वरो आउने, घाँटी दुख्ने लक्षण लिएर अस्पताल आएका ६ जना बिरामीलाई स्क्रब टाइफस पुष्टी भएको बताए।‘ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण लिएर आउनुभएकाको परीक्षण गर्दा एकै दिन ६ जनामा स्क्रब टाइफस पुष्टी भएको छ,’ उनले भने। का