संघीय समाजवादी र राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयपछि बल्ल संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढेको छ ।
संसद्को चौथो ठूलो दल जसपा एकीकरणपछि पनि छुट्टाछुट्टै दलको हैसियतमा संसदमा अस्तित्वमै छ । यसबीचमा बिहीवार बसेको जसपा शीर्ष नेताहरूको बैठकले शुक्रवार दलको नेता तथा पदाधिकारीहरू चयन गर्ने निर्णय गरेको छ ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय ग...