कुनै दिन थियो, जतिबेला गीत गाउँदागाउँदै प्रहरीले स्टेजमै गएर कलाकारलाई पक्राउ गर्ने गर्थ्यो। यस्ता दिनहरु वरिष्ठ जनवादी गायक जुठबहादुर खडगी अर्थात् जेबी टुहुरेले कयौं पटक भोगे। वास्तवमा पञ्चायतको ३० वर्षीय निर्दलीय ब्यवस्थामा दलको पक्षमा आवाज घन्काउनु त्यति सहज थिएन।