काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' धरान पुगेका छन्। धरानका मेयर हर्क साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्डले त्यहाँ रहेको जेबी टुहुरे स्मृति पार्कमा वृक्षरोपण गरेका हुन्।
साता अगाडि काठमाडौं आएका धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाले प्रचण्डसँग भेट गर्दै धरानमा आउन निम्तो दिएका थिए। …