उच्च विन्दुमा पुगेको नारायणीकाे पानीकाे सतह घट्दै

नारायणी नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ । मङ्गलबार राति इतिहासकै उच्च विन्दुमा पुगेको पानीको बहाव घट्दै गएको हो । नदीको सतह मङ्गलबार राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । अहिले बुधबार दिउँसो ४ बजे पानीको सतह केही घट्दै ७ दशमवल ७७ मिटरमा झरेको छ । नदीको पानी निरन्तर घट्ने क्रममा रहेको देवघाटस्थित जल मापन केन्द्रले जनाएको छ । यद्यपि पानीको तह घट्दै गए पनि चेतावनी तहभन्दा शुन्य दशमलव ४७ मिटर माथि नै पुगेको छ । त्यसैले उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

अन्तरबैंक ब्याजदर ५ प्रतिशतमा

काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी सहज भएसँगै अन्तरबैंक ब्याजदर पनि घट्न थालेको छ । लामो समयदेखि ७ प्रतिशत हाराहारीमा स्थिर रहेको अन्तरबैंक ब्याजदर जेठको दोस्रो सातापछि क्रमश: ओरालो लागेको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार बुधवार अन्तरबैंक ब्याजदर ५ दशमलव ७४ प्रतिशतमा झरेको छ । यसअघि गत माघमा पनि अन्तरबैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता प्रभाव गरेपछि अन्तरबैंक ब्याजदर घटेको थियो । त्यसपछि पुन: बढेर फागुनमा साढे ८ प्रतिशत पुगेकोमा पछिल्लो समयमा तरलता सहज भएपछि ओरालो लागेको हो ।  पछिल्लो समयमा बैंकहरूमा निक्षेप बढिरहेको भए पनि कर्जा प्रवाह हुन सकेको छैन । यसले गर्दा पनि अन्तरबैंक कारोबारमा कमी आई ब्याजदर घटिरहेको छ ।  बुधवारसम्म बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८४ दशमलव १९ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न सक्ने भएकाले उनीहरूसँग साढे ४ खर्ब थप कर्जा दिनसक्ने अवस्था छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा कर्जाको माग छैन ।  मंगलवारको तुलनामा बुधवार बैंक, वित्तीय संस्थाको निक्षेप २ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने १ अर्ब रुपैयाँले मात्र बढेको छ ।  बुधवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।  तरलता सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर पनि क्रमश: घट्दै गएको छ । सोमवार टे«जरी बिल्सको ब्याजदर ७ प्रतिशतसम्म झरेको छ ।  अवस्था सहज भएपछि नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिलाई परिवर्तन गर्दै ब्याजदर घटाउने नीति लिएको छ । यस कारण उच्च विन्दुमा पुगेको बैंकहरूको आधारदरका साथै निक्षेप र कर्जाको ब्याजदर क्रमश: घटिरहेको छ ।  वाणिज्य बैंकहरूले चैतदेखि प्रिमियम १ प्रतिशत विन्दुले घटाएर अधिकतम ५ प्रतिशतमात्र लिने निर्णय गरेका थिए । यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले असारदेखि स्प्रेडदरसमेत घटाउनुपर्ने भएकाले ऋणको ब्याजदर घटिरहेको नेपाल बैंकर्स संघले बताएको छ । यद्यपि असारमा निक्षेपको ब्याजदर भने नघटाउने संघले निर्णय गरेको थियो ।  पुसमा १० दशमलव ९१ प्रतिशत पुगेको वाणिज्य बैंकहरूको आधारदर वैशाखमा १० दशमलव ४८ प्रतिशतमा र माघमा १३ दशमलव शून्य ३ प्रतिशत पुगेको कर्जाको ब्याजदर पनि वैशाखमा १२ दशमलव ४८ प्रतिशतमा झरेको छ ।

२१० रुपैयाँभन्दा कम सेयर मूल्य हुने २९ कम्पनी : बैंकदेखि लघुवित्तसम्म

काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्दो लयमा रहेको छ । गत वर्षको भदौ २ गते हालसम्मकै उच्च ३२ सय विन्दुमा पुगेको नेप्से परिसूचक हाल साढे १८ सय विन्दुको आसपास छ । परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । परिसूचक उच्च विन्दुमा पुग्दा २१ अर्ब रुपैयाँसम्मको...

दैनिक संक्रमित ८ हजार पुग्न सक्छन्, अबको एक महिना कठिन

२३ साउन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने […]

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो । पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो […]

फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

मनिला । फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ । केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । ‘अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने […]

फिलिपिन्समा पनि कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।  केही समय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । “अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने ।उनले अहिलेको तीब्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरुको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै, थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्। हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।  मन्त्रालयको तथ्यांक अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २०/ २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

सर्लाहीमा कोरोनाबाट हुने मृत्युदर घट्दो तर जाेखिम कायमै

सर्लाहीमा कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर घट्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय, मलङ्गवाका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सर्लाहीमा कसैको पनि मृत्यु भएको छैन । जेठ पहिलो र दोस्रो साता कोरोना सङ्क्रमण उच्च विन्दुमा पुगेका बेला जिल्लामा दैनिक चार÷पाँच जनाको संक्रमणबाट मृत्यु हुने गरेको थियो ।

अनुसन्धान भन्छ : विश्वभर कोभिडबाट हुने मृत्युदर घट्दै छ

महामारी सुरु भएपछि र यसको अनुसन्धान हुन थालेपछि नाटकीय रुपमा मृत्युदर घटेको एक अनुसन्धानले बताएको छ। गत वर्षको अक्टोबरमा मृत्यु हुनेको संख्या ६० प्रतिशत थियो। त्यसबेला मृत्युदर उच्च विन्दुमा पुगेको थियो। अहिले मृत्युदर ३६ प्रतिशतमा झरेको विश्वभर भइरहेको अनुसन्धानले बताएको हो।मार्चमा मृत्युदर ६० प्रतिशत थियो। अहिले मेको अन्त्यसम्ममा ४२ प्रतिशतमा झरेको छ।विश्वभरका ४३ हजार १ सय २८ कोभिड संक्रमितमा अनुसन्धान गरिएको थियो। ५२ मुलुकले यसमा सहभागी भइ अध्ययन गरेको मेडिकल जर्नल एनेस्थेसियामा प्रकाशित

नेपालमा मत्थर हुँदैछ कोरोना ! संक्रमण घट्दै, जोखिम कायमै

काठमाडौं । नेपालमा पुसयता कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । असोज र कात्तिकमा उच्च विन्दुमा पुगेको