कोरोना संक्रमणको जोखिम बढ्दै, थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्। हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।  मन्त्रालयको तथ्यांक अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २०/ २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

सम्बन्धित सामग्री

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको नमूना परीक्षण गरिएको थियो । १३३ जनाको पीसीआर र ८१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १२ […]

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ४ सय ४८ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् ।  […]

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ७९ पिसिआर परीक्षणका क्रममा ३ जना र २ सय ७५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् […]

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप २२ जना संक्रमणमुक्त भएका छन्।

३५४ को नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ६ सय ३४ पिसिआर परीक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त […]

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ३८ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १४ संक्रमित निको […]

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको […]

३,३४२ काे परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।