काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्दो लयमा रहेको छ । गत वर्षको भदौ २ गते हालसम्मकै उच्च ३२ सय विन्दुमा पुगेको नेप्से परिसूचक हाल साढे १८ सय विन्दुको आसपास छ ।
परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । परिसूचक उच्च विन्दुमा पुग्दा २१ अर्ब रुपैयाँसम्मको...