चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप