बैंकर्स संघका नवनियुक्त अध्यक्षले भने- ‘ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिऔँ’

नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले अब बैंकहरूले ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने बताएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग छलफल क्रममा उपाध्यायले कर्जा प्रवाहबारे यस्तो धारणा राखेका हुन् ।तरलता अभाव हटाउन साना कर्जालाई प्राथमिकतामा राख्न र वैदेशिक ऋण लिन सकिनेबारे पनि उपाध्यायले जोड दिएका थिए । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी छलफलमा उनीहरूले कर्जा निक्षेप अनुपातमा बैंकमा