बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । 

सम्बन्धित सामग्री

मकवानपुर जीतपुर सिमरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश

बारा । मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टाईव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हाे । मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल […]

आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौँ,२७ पुष । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट […]

क्रोएसिया सेमिफाइनलमा प्रवेश, अवको भिडन्त अर्जेन्टिनासँग

काठमाडौं, मंसिर २४ । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको […]

क्रोएसिया र अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ […]

ब्राजिललाई पेनाल्टीसुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो। क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको […]

प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब लगातार तेस्रो खेलमा जित निकाल्दै प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

महिला क्रिकेट: बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।...

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

पोखरा (हाम्रो खेलकुद) – यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड पोखरा हेमजामा जारी छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीशंकर खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कालिका स्पोट्र्स क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । दोस्रो हाफमा आशिष चौधरीले गरेको […]

मनाङ मर्स्याङ्दी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]