काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि याे सिस्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा याे निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडीएमएस लागू नगर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल याे निर्णय कार्यान्वयन नगर्न निर्देशन ...