काठमाडौं । जनस्तरमा व्यापक विरोध भएपछि तत्काल मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएकोले यो प्रणाली तत्काल लागू नहुने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने […]
मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । विदेशमा काम गरेर
३१ भदौ, काठमाडौं । ‘तपाईंको यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ — नेपाल दूरसञ्चार प्राधिकरण ।’ बिहीबारदेखि मोबाइलमा फरक–फरक सेवा प्रदायकले सन्देश पठाइरहँदा यसबारे धेरै जना अन्योलमा छन् । यही बेला हल्ला चलेको छ, ‘विदेशबाट उपहारस्वरुप ल्याएको वा पठाएको मोबाइल अब चल्दैन रे !’ यति मात्रै हैन, ३० भदौ बिहीबारदेखि एमडीएमएसबारेका धेरै विषय सरकारले स्पष्ट […]
काठमाडौं । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आगामी ३० भदौदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्ने भएको छ । दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनले काठमाडौंको सोल्टी होटलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) को संयुक्त कार्यशाला गोष्ठी आयोजना गर्दै एमडीएमएस सुरु गर्ने निर्णय गरेको हो […]
काठमाडौं : आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने छ। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुन