नेपालको राजनीतिमा विभिन्न प्रयोग र अभ्यास हुँदै आएको छ । यही प्रयोग र अभ्यासको बारम्बारको पुनरावृत्तिले गर्दा राजनीतिले लामो कोर्स पूरा गर्दासम्म पनि निश्चित आकार लिन सकेको छैन । राजनीतिक मामला मात्र होइन, सबै मामलामा नेपाल प्रयोगशाला जस्तो देखिन्छ । यसको पछाडि आन्तरिक र बाह्य दुबै शक्ति केन्द्र तथा स्वार्थ समूहहरूको भूमिका जिम्मेवार मानिएको छ । यिनै घरेलु र बाह्य शक्ति केन्द्रहरूको दबाब र प्रभावलाई रोक्न सक्ने सामर्थ्य नभएका कारण र कतिपय नेताहरू सत्तामा टिकी रहनका लागि नेताहरूले यिन