भारतको बिहार राज्यको राजनीतिमा नयाँ भूकम्प आएको छ ।
बिहार कांग्रेसका नेता तथा पूर्व विधायक भरत सिंहले कांग्रेसका ११ विधायकले पार्टी छोड्न सक्ने बताएका छन् । पार्टीमा ठूलो फुट आउने र ती विधायकले पार्टी परित्याग गर्ने उनको भनाइ छ ।
तर कांग्रेसको हाईकमान्डले भरत सिंहको बयान खारेज गरिदिएको छ ।
भरत सिंहका अनुसार, भारतीय जनता पार्टी तथा एनडीए गठबन्धनले आफूलाई थप बलियो बनाउनका लागि कांग्रेस विधायकहरूलाई भित्र्याउन खोजिरहेको छ । कांग्रेस विधायक दलका नेता अजीत शर्मा समेत पार्टी फुटाउन लागिपरेको उन...