दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।हस्त