विश्व स्वास्थ्य सङ्गठनले संसारभर ११ लाख बालबालिका क्षयरोगबाट पीडित भएको जनाएको छ ।
सङ्गठनको वार्षिक प्रतिवेदनले संसारभर ९९ लाख मानिस क्षयरोगबाट पीडित भएमध्ये ११ लाख बालबालिका पीडित भएको देखाएको हो ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेकोमा सात प्रतिशत बालबालिका रहेने देखाएको छ ।