बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका हुन् ।उनले पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको बताए । देशमा क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उनले बताए । दशकौंं पश्चा