मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा एक दर्जनभन्दा बढी खोला तथा खहरेमा पुल नबन्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्रचोकदेखि सिन्धुली भिमानसम्मको कूल १३४ किलोमिटर सडक खण्डमा पर्ने विभिन्न १३ वटा पुल निर्माण सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।