चुनावकाे भाषण मात्र बन्याे महाकाली पुल

डडेल्धुरा । डडेल्धुराबासीले सिमावर्ती नदी महाकालीमा पुल नबन्दा सास्ती भोगिरहेका छन । पक्की पुल बनाउने कुरा चलेको तीन दशक बितिसक्दा समेत पुल बन्ने छाँटकाँट छैन । स्थानीयहरु महाकालीमा अहिले पनि टायर र ट्युब मार्फत नदी वारपार गर्नु पर्ने बाध्यतामा छन् । दुवै देशको सहमतिमा सञ्चालन गरिएको डुंगा पनि बन्द भएको छ । उपभोग्य सामाग्री खरीदका […]

सम्बन्धित सामग्री

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्ने गरी सुरु गरेको जनाइएको छ ।

पाँच महीनापछि महाकाली पुल निर्माण शुरु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महीनापछि पुनः सञ्चालन भएको छ ।  पुल योजनामा काम गरेबापतको करोडौं रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महीनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।  उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उनले ८ दशमलव ६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायत कारण नभए ६ महीनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’ रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ । पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीय स्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्ग किलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।  गएको बर्सात्पछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ । रासस

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट (कञ्चनपुर), २२ मङ्सिर । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिए । […]

महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्डः मन्त्री ज्वाला

काठमाडौं, २ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । आज (शनिबार) महाकाली पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताएका हुन् । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको […]

महाकालीमा पुलसँगै पर्यटकीय गन्तव्य बनाइँदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानव निर्मित ताल निर्माण गरिन लागेको छ ।महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन् । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी सविना रानाभाटले पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको बताए । “पुलको वारिपारि चारवटा पोखरी निर्माण

लापरबाही गरेको भन्दै महाकाली पुल निर्माण कम्पनीविरुद्ध स्थानीय आन्दोलित

महाकाली पुल निर्माण कम्पनीले लापरबाही गरेको भन्दै भीमदत्त नगरपालिकाका स्थानीयहरु आन्दोलित भएका छन्। निर्माण कम्पनी कुमार सिएफआइसी जेभीले नदीजन्य पदार्थ बाहिर लगेर बिक्री गरेको र पुल निर्माणमा बेवास्ता गरिरहेको भन्दै...

महाकाली पुल आयोजनाको रोयल्टीसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

३० असार, धनगढी । राष्ट्रिय गौरवको चार लेनको महाकाली पुल आयोजनाको रोयल्टी विवाद सम्बन्धी रिटमा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश प्रभा बस्नेत र न्यायाधीश कृष्णलाल भट्टराईको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो […]

राष्ट्रिय गौरवको महाकाली पुल आयोजनामा रोयल्टी विवाद

२९ असार, धनगढी । कञ्चनपुरमा राष्ट्रिय गौरवको चार लेनको महाकाली पुल आयोजनामा करीब पाँच करोड रुपैयाँको रोयल्टी संकलनबारे विवाद उत्पन्न भएको छ । महाकाली पुल निर्माणको ठेक्का पाएको कुमार श्रेष्ठ निर्माण सेवाले लागत ‘स्टमेट’मा उल्लेख नै नभएका कारण नदीजन्य वस्तु उत्खनन् गरेर प्रयोग गरेवापतको रोयल्टी नतिर्ने बताएपछि विवाद सिर्जना भएको हो । आर्थिक वर्ष २०७५/७६ […]