मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो बिहार । मुख्यमन्त्री नितिश कुमारले ७ वर्षअगाडि बिहारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए । तर, मदिरा निषेधित त्यही बिहारमा ‘विषालु रक्सी’ सेवनले मृत्यु हुनेको संख्या डरलाग्दो छ ।