विषाक्त मदिरा सेवनले चार जनाको मृत्यु भएपछि मदिरा परीक्षणका लागि पठाइँदै

विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहा

सम्बन्धित सामग्री

मदिरा नियन्त्रण र रोजगारी दिनुपर्नेमा गृहिणीको जोड

विराटनगर : विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न आयोजना गरेको कार्यक्रममा सहभागीले मदिरा नियन्त्रण र रोजगारी दिनुपर्नेमा जोड दिएका थिए। मदिरा सेवनले गर्दा श्रीमान् र ससुराले घरमा दुःख दिने गरेको उनीहरूको गुनासो थियो।विराटनगर उपमहानगर–१८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणीले समस्या झेल्नुपरेको दुखेसो पोखिन्।उनले मदिराको बिक्रीवितरण रोक्नुपर्नेमा जोड दिइन्। विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले रोजगारी हुनुपर्नेमा जोड

मदिरा सेवनले बेलायती पर्यटकको मृत्यु

काठमाडौँ – रक्सीको सेवन स्वास्थ्यका लागि सधैँ हानिकारक हुन्छ। विशेष गरी रक्सी धेरै मात्रामा सेवन गर्दा घातक हुन सक्छ। भर्खरै पोल्याण्डको एक स्ट्रिप क्लबमा नाइटआउटको क्रममा ९० मिनेटमा २२ वटा रक्सी खाँदा एक बेलायती पर्यटकको मृत्यु भएको छ। एक साथीसँग वाइल्ड नाइट क्लब पुग्दा मार्क पहिल्यै मातेका थिए। अन्वेषकहरूका अनुसार मार्कले उनलाई धेरै रक्सी पिउनबाट […]

मदिरा सेवनले ज्योती गुम्दा जीवनभर पश्चाताप

काठमाडौं । बिशाक्त मदिरा सेवनले मृत्यु हुने घटना कुनै नौलो होइन । संसार देखिसकेका ब्यक्ति जसले पारिवारिक जमघटमा आफना नातेदासँग मदिरा सेवन गरेकोमा नातेदारको मृत्यु र आफनो दृष्टि गुमेकोमा उनलाई जीवनभर पश्चाताप छ र अरुलाई पनि मदिरा सेवन गर्दा सचेत रहन उनको आग्रह छ । यी हुन् राजेन्द्र दुलाल क्षेत्री । पेशाले कानूनविद् । यिनी […]

मदिरा सेवनले घरेलु हिंसा

अछामको मंगलसेन नगरपालिका—५ की मनसरा (नाम परिवर्तन) ३८ वर्षकी भइन् । उनका ३ छोरी र दुई छोरा छन् । एक छोरीको बिहे भएपछि उनीसँग २ छोरी र दुई छोरा छन् । तिनै छोराछोरीको पढाइ, लेखाइ र पालनपोषणका लागि उनी दिनरात काम गर्छिन् ।

पत्रकारलाई माधव नेपालको सुझाव : मदिरा नखानु, म राम्रो मान्दिनँ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई मदिरा नखान सुझाव दिएका छन्। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मदिरा खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेका हुन्। मदिरा सेवनले स्वास्थ्य बिगार्नुका साथै घरमा कलह समेत हुने…

विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ ।

दुई दिनमा ३३ भट्टी नष्ट

विषाक्त घरेलु मदिरा सेवनले धनुषामा १७ जनाको मृत्यु भएको घटनापछि प्रहरीले भट्टी नष्ट गर्ने अभियान चलाएको छ।

मदिरा सेवनले मलेसियामा नेपाली सहित १५ को मृत्यु

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपाली  कामदारसहीत १५ जनाको मृत्यु भएको  छ। सोमबार मलेसियाको क्लाङ्ग भ्याली क्षेत्रमा विषाक्त मदिरा सेवन गरेकाहरुमध्ये ३३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय संचार माध्यमले जनाएका छन्।  पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या १५ पुगेको छ। स्थानीय प्रह...

मदिरा सेवन परिचयपत्र: एउटा नौलो अभ्यास

मदिरा सेवन परिचय पत्रबाट मदिरा सेवनले समाजमा व्याप्त समस्या निराकरणमा सघाउ पुग्ने स्थानीय अधिकारीले अपेक्षा गरेका छन्।