भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि त्यो यकिन भइनसकेको र अनुसन्धान जारी छ । शल्यपरीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ । विषाक्त मदिरा सेवन गरेका अन्य त