भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु

काठमाडौं : भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

सम्बन्धित सामग्री

विहारमा विषाक्त रक्सीले एक महिनामा ९२ जनाको मृत्यु

भारतको विहारमा यो महिनामा मात्रै विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ। मदिरा सेवनबाट बिरामी भएका धेरै अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विषाक्त मदिरा सेवन गरेकालाई चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने जस्ता समस्या देखिएको छ। सारण जिल्लामा सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएको भारतको सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोले जनाएको छ। राज्यका विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये आठजनाको अवस्था गम्भीर रहेकाले ज्

मंसिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन अर्थात् मंसिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने भएका छन्। काठमाडौं जिल्ला युवा समितिले थानकोटमा वृक्षरोपण गरेको छ। तनहुँमा अरिङ्गालले टोक्दा एक युवकको मृत्यु भएको छ। नवलपरासीमा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्। विषाक्त मदिरा सेवन गर्दा विहारमा पाँच जनाको मृत्यु भएको छ।

इरानमा विषाक्त मदिरा सेवन गर्दा १० जनाकाे मृत्यु, १९ गम्भीर बिरामी

काठमाडौं । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा सेवनका कारण एक महिलासहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । अस्पताल भर्ना गरिएका १९ जनामध्ये छ जनाको अवस्था गम्भीर रहेको बताइएको […]

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

२२ असोज : विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसक्नु भएको छ । ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा […]

विषाक्त मदिरा सेवनले चार जनाको मृत्यु भएपछि मदिरा परीक्षणका लागि पठाइँदै

विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहा

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं।बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन्।मदिरा सेवनबाट ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र गम्भीर बिरामी भएका छन्।

‘महोत्तरीमा १२ जना मृत्युको कारण विषालु मदिरा सेवन’

महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आसाममा विषाक्त मदिरा पिउँदा कम्तीमा ७० जनाको मृत्यु

भारतको आसाम राज्यमा विषाक्त मदिरा सेवन गरेर विरामी भएका अन्य दुई सयभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ।

विषाक्त मदिरा सेवन गर्दा २५ जना चिया मजदुरको मृत्यु

गुवाहाटी । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा...