स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले पूर्वराज्यमन्त्री तथा सांसद मीठु मल्लसहित २१ जना नेता, कार्यकर्तालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनपछि त्यसको समीक्षाका लागि बसेको भेलाले ६ जनालाई साधारण सदस्यसमते नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । १४ जनालाई थप स्पष्टीकरण मागेको छ ।