मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान

काठमाडौँ,२५ वैशाख । मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ । आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि सोमबार मतपत्रसहित निर्वाचन टोली खट्ने […]

सम्बन्धित सामग्री

दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुग्याे

रसुवा - शुक्रवार हुने स्थानीय चुनावको लागि दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुगेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि मतदान अधिकृतसहितको ४ जनाको टोली हिजाे बेलुकी ७ बजे लाङटाङ पुगेको हो ।  आइतवार बिहानै प्रस्थान गरेको टोली त्यो दिन लामा होटल भन्ने ठाउँमा बसेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् ।  मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोप...

मतदान केन्द्र हिँडे कर्मचारी

मतदान अधिकृत नन्दकृष्ण उपाध्यायको टोली आइतबार सदरमुकाम मार्तडीबाट आफू खटिएको मतदान केन्द्र हिमाली गाउँपालिका १ गुम्बातर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा टाढा रहेको गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र छ । ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।

रसुवाको लाङटाङमा खटिएको मतदान अधिकृतको टोली पैदलै प्रस्थान : भोलिसम्ममा पुग्ने

रसुवा - पालिका चुनावका लागि रसुवाको लाङटाङमा खटिएको मतदान अधिकृतको टोली आज बिहान प्रस्थान गरेको छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि पैदलै जानुपर्ने भएकाले टोली बिहानै प्रस्थान गरेको हो । टोली भोलि मात्रै पुग्नेछ । गोसाइँकुण्ड गाउँपालिका–४ सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशङ्कर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्...

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान, निमित्तको जिम्मेवारी एआईजी शाहीलाई

काठमाडौँ – इन्टरपोलको बैठकमा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापासहितको टोली टर्की प्रस्थान गरेको छ। उनीहरु आइतबार बिहान टर्कीतर्फ लागेका हुन्। टोलीमा आईजीपी थापासँगै एआईजी प्रद्युम्न कार्की र एसपी सविन प्रधान छन्। आफ्नो अनुपस्थितिमा थापाले निमित्त आईजीपीको जिम्मेवारी बरियताक्रममा दोस्रो नम्बरमा रहेका एआईजी निरजबहादुर शाहीलाई तोकेका छन्। प्रहरी तालिम केन्द्रमा रहेका शाहीले थापाको […]