खोटाङको  एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी  सविता ढकाल, हल...

सम्बन्धित सामग्री

निर्वाचनका लागि लिमीमा खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँको मतदान कार्यका लागि खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी भएकी छन्। मंगलबार रातिबाट उनलाई लेक लागेर टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामी भएकी हुन्। लिमीको तिल मतदान केन्द्रका खटिएकी सहायक मतदान अधिकृत नवीन आचार्यका अनुुसार हल्जी मतदान केन्द्रमा खटिएकी सुन्दरी शाहीलाई लेक लागेर बिरामी […]

पाँचथर : सुखबोध मावि मतदान स्थलमा अधिकृतदेखि म्यादी प्रहरीसम्म महिलामात्रै

पाँचथर  –  पाँचथरका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् ।  फिदिममा रहेकाे सुखबोध मावि जोरसालमा रहेको मतदान स्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी प्रहरी महिला खटाइएको हो । प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो । यसअघि गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा यहाँका तीन वटाम...

संखुवासभाका तीनवटा केन्द्रमा महिला कर्मचारी मात्रै

संखुवासभा : स्थानीय निर्वाचनका लागि संखुवासभामा १६२ मतदान केन्द्रमध्ये तीन केन्द्रमा महिला मतदान अधिकृत छन्। ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला छन्।खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी टुँडिखेल मतदान केन्द्र (क), (ख) र पाँचखपन नगरपालिका–२ को शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा सबै कर्मचारी महिला तोकिएको छ। जिल्लाका तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ।खाँदबारी नगरपालिका&n

उदयपुरका ४ वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी

स्थानीय चुनावको लागि उदयपुरमा ९८ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्रहरू तयार पारिएकाे छ

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्।  हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना…

स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

इलाम :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहे

जुम्लामा १४ प्रतिशत महिला कर्मचारी खटिए, ६ जना मतदान अधिकृत

स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी  प्रमुख  गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ । चन्दननाथ नगरपालिकामा कार्यरत चण्डिका चौलागाईं चन्दननाथ नगरपालिका ४ मा भारतीस्थित अशोक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । पातारासी गाउँपालिकामा कार्यरत बिमा रोकायालाई भैरव मावि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खटाइएको छ । तिला गाउँपालिका

नमुना मतदान केन्द्र बनाउन खटाइए महिला कर्मचारी मात्र

अनु आचार्य रसुवा : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन लागेको मतदानको लागि यहाँको एक निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटाइएका छन्। गोसाईकुण्ड गाउँपालिका ६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला कर्मचारी मात्र खटाइएको छ...