जिल्ला प्रशासन धनुषाले रामबाबुलाई घरमै पुगेर दियो नागरिकता
२६ असोज, जनकपुरधाम । जिल्ला प्रशासन कार्यायल धनुषाले पहिलो पटक जन्मसिद्धका अशक्त अपाङ्गग सन्तानलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । अशक्त अपांग धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका २१ वर्षीय रामबाबु महतोलाई घरमै नागरिकता प्रदान गरिएको …
भादगाउँ- जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका-४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो । हिँड्डुल गर्न, बस्नबोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर […]
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए ।सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस्तै आसन्न मङ्सिर ४
९ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नागरिकता लिने समय परिवर्तन गरेको छ । कार्यालयमा दिउँसो सेवाग्राहीको चाप धेरै बढेपछि प्रतिलिपी नागरिकता बिहान मात्र दिने व्यवस्था गरेको छ । भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपी नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ । […]
आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ६ वटा वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ। आव २०७७/०७८ मा यस्तो प्रकृतिका ५ वटा नागरिकता वितरण गरिएको थियो।...
कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा पनि जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भीड कम भएको छैन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागी जिल्ला प्रशासन कार्यालय सिरहामा...
सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ।ज्यान जानेमा सोलु दुधकुण्ड नगरपालिका-८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।आज (बुधबार) जिल्ला प्रशासनमा नागरिकता लिन गएका शेर्पा त्यहीं नै बेहोस भएर ढलेको भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिइन्।शेर्पालाई तत्काल उद्धार गरि जिल्ला अस्पताल फाप्लु पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए।शेर्पा नशालगायत विभिन्न सम
गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। कुल पूजामा आएका सर्वसाधरणहरूले सोही मौका छोपी नागरिकतालगायत अन्य सेवा लिन आउने गरेका कारण सेवाग्राहीको घुइँचो लागेको हो।गत बिहीबार मात्रै १५१ जना र गत शुक्रबार करिब १०० जनाले नयाँ नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी पुण्यविकम पौडेलले जानकारी दिए।सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपि जारी गरिएको थियो। मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपि, बुधबार ११३ जनाको नयाँ र ३९ प्रतिलिपि नागरिकता जारी गरिएक
रुकुम पश्चिम - जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक/दुई हप्तायता सेवाग्राहीको चाप बढेको छ ।
नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सेवाग्राहीहरु बिहानैदेखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाइन लागेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।
झापा / जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ । भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड...
The post जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड appeared first on Purbeli News.