काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको गरेको हो ।
मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । […]
काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा. डिला संग्रौलाले संघीय संसद् सचिवालयले पत्रकारहरुको संसद् प्रवेश पास निलम्बन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले पास निलम्बन गरेको घटनाले पत्रकारको आचारसंहिता प्रतिकुल भए नभएको मापन […]