जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।

सम्बन्धित सामग्री

पाल्पा प्रशासनको सेवा स्थगित

रामपुर– जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सबै नियमित सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत् कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो । शान्ति, सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तिमार्फत् जानकारी दिएका […]

कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला प्रशासनको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।  कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो ।सोमबार सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी संक्रमित भएकाले शुक्रबारसम्म सेवा स्थगित गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन् । सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।   नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको बताएका छन् । कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरेको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थगित गरिएका सेवाहरुमा नयाँ नागरि

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।  सूचनामा भनिएको छ ‘यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आईशोलेसनमा रहनुभएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहर

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अत्यावश्यकबाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने गरेर सेवाहरू स्थगित गरिएको हो ।  प्रशासन कार्यालयका अनुसार नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।  शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि प्रशासन कार्यालयले...

जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा बारअनुसार चल्ने

कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने  भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ ।  कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ ...

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा अत्यावश्यकबाहेक सेवा स्थगित

काठमाडौं, १२ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ । सो […]