चालू आर्थिक वर्ष २०७८/७९ को आधा वर्ष पुस मसान्त अर्थात आज सकिँदैछ । आर्थिक वर्ष अवधि आधा सकिँदा सरकारले कूल बजेटमध्ये ३०.७२ प्रतिशतमात्र खर्च गर्न सकेको छ । मुख्यतः पूर्वाधार विकासका लागि छुट्याइएको पुँजीगत बजेट खर्चमा सरकारले बिजोग देखाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका थिए । तर, अर्थमन्त्री आफैंले अघि सारेको लक्ष्य हासिल गर्न विफल भएका छन् । बिहीबार (पुस २९) सम्म अर्थात ६ महिना पूरा हुन एक दिन बा