काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।