मोरङमा केही खुकुलो बनाउँदै एक साता लम्बियो निषेधाज्ञा

मोरङमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्ब्याइएको छ । सोमबार बसेको डीसीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो

सम्बन्धित सामग्री

कपिलवस्तुमा थप एक साता लम्बियो निषेधाज्ञा

कपिलवस्तु जिल्लामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत असार १४ गतेसम्म निषेधाज्ञा थपिएको जनाएको हो ।  जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन  पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह

पर्वतमा असार ७ गतेसम्म लम्बियो निषधाज्ञा, केही खुकुलो पारियो

पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले असार ७ गते रातीसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्बाएर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । […]

खुकुलो बन्दै लम्बियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।