डोटीमा दश दिनका लागि लम्बियो निषेधाज्ञा

डोटी। आज सम्पन्न डीसीसीएमसीको बैठकमा डोटी जिल्लामा निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ। जिल्लाका सूचना अधिकारी मधुकृष्ण पौडेलका अनुसार जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञा लम्ब्याएर असार१० गते राति १२ बजेसम्म पुर्‍याइएको हो। खाद्यान्न, पुस्तक पसल र बैंक तथा वित्तिय संस्थाहरु बिहान सात बजेदेखि ११ बजेसम्म र बेलुका चार बजेदेखि सात बजेसम्म खोल्ने गरी दश दिने निषेधाज्ञा खुकुलो बनाइएको छ।