एमसीसी उपाध्यक्ष फतेमाको टोली काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली आज बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । फतेमाको टोलीको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था […] The post एमसीसी उपाध्यक्ष फतेमाको टोली काठमाडौंमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ । लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् । एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो...

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

काठमाडौं । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसद्बाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार आएको १ महीनापछि दक्षिण तथा मध्यएशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गरी एमसीसीबारे किनारा लगाइदिन आग्रह गरे । उनले एमसीसी पास नगरे पनि आफूहरूलाई कुनै आपत्ति नहुने स्पष्ट पारेका छन् । ‘एमसीसी पास गर्ने नगर्ने कुरा नेपाल सरकार र नेपालको संसद्ले गर्ने निर्णय हो । हामी नेपाल सरकारले अनुमोदन गरोस् र अगाडि बढोस् भन्ने चाहन्छौं,’ नेपाल भ्रमण सकेर स्वेदश फिर्ता हुने क्रममा काठमाडौंमा शुक्रवार आयोजित सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने । एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए । अनुमोदन गर्ने वा नगर्नेबारे नेपालले छिटो निर्णय लिनुपर्ने उनको भनाइ थियो । ‘एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य देशलाई दिन्छौं, धेरै मुलुक एमसीसी सहयोगलाई कुरेर बसिरहेका छन्, नेपालले छिटो निर्णय लिनुप¥यो,’ उनको भनाइ थियो । सहायकमन्त्री लुका अनुसार एमसीसी बोर्डको ३–३ महीनामा समीक्षा बैठक हुन्छ । त्यसमा परियोजनाको अवस्थाबारे समीक्षा हुने गरेको छ । उनका अनुसार अबको बोर्ड बैठक डिसेम्बर १४ (मङ्सिर २८) मा बस्नेछ । यही बीचमा नेपालले उचित निर्णय लिओस् भन्ने अमेरिकाको चाहना छ । नेपाल र एमसीसीबीच सन २०१७ मा सम्झौतामा हस्ताक्षर भएको थियो । उनले प्रजातन्त्र र खुला अर्थनीतिमा प्रगति गर्ने मुलुकले मात्र यो अनुदान पाउने गरेको बताए । नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई भेटे । भेटका क्रममा नेताहरूले फरकफरक धारणा व्यक्त गरेका थिए । उनीहरूबाट यसबारे ठोस जवाफ आएन । प्रधानमन्त्री देउवाले सम्झौता अनुमोदन गर्ने संकेत दिएका थिए । तर, एमाले अध्यक्ष ओलीले आफूहरूसँग सरकारले कुनै छलफल नै गरेकाले केही भन्न सक्ने अवस्थै नरहेको बताए । यस्तै, दाहालले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको तर अहिले नै निर्णयमा नपुगिएको भेटका क्रममा लुलाई बताएका थिए । एमसीसीबारे निर्णय लिने अधिकार नेपाललाई नै भएको लूको भनाइ थियो । आफूले जिम्मेवारी सम्हालेको २ महीनामै सहायक विदेशमन्त्री लु काठमाडौं आएर एमसीसीबारे छिटो निर्णय लिन दबाब दिनुले एमसीसीबारे अमेरीकाले ‘वार की पार’ गर्न चाहेको देखिन्छ ।

एमसीसीको गोलचक्कर :  फातिमा रित्तै फर्कने पक्का

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली विहीबार बिहान कतार एयरको विमानबाट काठमाडौंमा ओर्लंदै गर्दा सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना प्रवक्ता कृष्णबहादुर महरालाई खुमलटार बोलाए । प्रचण्डलाई भेटेर फर्केका महराका हातमा एमसीसीले नेपाल सरकारलाई लेखेको जवाफी पत्रको प्रिन्ट कपी थियो । र, उनी खुमलटारबाट निस्केर प्रधानमन्त्री शेरहादुर देउवालाई भेट्न जाने हतारोमा थिए । यही दौडधूपकै बीचमा रातोपाटीले महरालाई सोधेको थियो कि एमसीसीको स्पष्टीकरणसहितको जवाफी पत्रपछि अब एमसीसी सहयोग सम्झौता प

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै राजनीतिक भेटवार्ता शुरु गरिन्। कांग्रेस महामन्त्री पदमा उम्मेदवारी दिने प्रवक्ता विश्वप्रकाश शर्माले घोषणा गरेका छन्। एमसीसीकी उपाध्यक्षलाई कालोझण्डा देखाउन प्रयास गर्ने १५ जना पक्राउ परेका छन्। काँग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

काठमाडौँ– बुधबार काठमडौँ आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिमण्डलले भेटवार्ता सुरु गरेको छ । एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुरु गरेको हो । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमसीसी प्रतिनिधिमण्डलबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ। एमसीसी […]

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष सुमार

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी छन ।  आज बिहान ९ बजे काठमाडौंमा अवतरण गरेकी सुमारको पहिलो भेट नै संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग हुन लागेको हो । उनीहरूबीच दिउँसो दुई बजे भेट हुने तय भएको थियो ।  चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन् ।  सुमारले एमाले अध्...

चार दिने भ्रमणका लागि काठमाडौं आइपुगिन् एमसीसी उपाध्यक्ष फातिमा सुमार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आइपुगेकी छिन् । उनी कतार हुँदै केहीबेरअघि काठमाडौंमा अवतरण गरेकी हुन् । चार दिने भ्रमणका लागि काठमाडौं आएकी सुमारले सबैजसो राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ । फातिमासँगै एमसीसीका सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन‍् । नेपाल र अमेरिका बीच भएको एमसीसी सम्झौता कार्यान्वयनको लागि राजनीतिक तहमा उनीहरूले संवाद गर्ने तयारी गरेका छन् । उपाध्यक्ष सुमारले आजै संसद्को...

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेपालको चारदिने भ्रमणका लागि उहाँहरु आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुग्नुभएको हो । उच्चस्तरीय भ्रमणको लागि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । […]

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा (फोटो फिचर)

काठमाडौं :  एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्। उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो। उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९:२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।हेर्नुहोस् फोटो

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो । सुरक्षाकर्मीले फोटो खिच्न […]