एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष सुमार

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी छन ।  आज बिहान ९ बजे काठमाडौंमा अवतरण गरेकी सुमारको पहिलो भेट नै संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग हुन लागेको हो । उनीहरूबीच दिउँसो दुई बजे भेट हुने तय भएको थियो ।  चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन् ।  सुमारले एमाले अध्...